खेलकूद

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश

हिमालय टिभी
२०७८ असार २ गते १५:२९
नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश

२ असार २०७८ काठमाडौं । नेपाल चीनमा आयोजना हुने एसियन कप –२०२३ छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ ।

एसियन फुटबल फेडेरेसन एएफसीले परिमार्जन गर्दै आज सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ ।

विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । समूह बी मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो ।

यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम थियो । तर, एएफसीले बनाएको नयाँ नियमकाकारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् । प्ले अफमा चाईनिज ताईपेइ, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्नेछन् ।प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्