समाज

सन्दुकपुरदेखि तिम्बुपोखरीसम्मको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १ गते १४:४४
सन्दुकपुरदेखि तिम्बुपोखरीसम्मको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना (भिडियो रिपोर्टसहित)

१ असार २०७८ पाँचथर । पाँचथरको करिब ४५ किलोमीटर सिमाना भारतसँग जोडिएको छ । सन्दुकपुरदेखि तिम्बुपोखरीसम्मको सिमा उच्च पहाडी क्षेत्रमा पर्छ । यी क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी स्थापना भएपछि स्थानीय बासिन्दाले सुरक्षाको महशुस गरेका छन् । पोष्टका कारण सीमा सुरक्षा र चोरी सिकारी नियन्त्रणमा पनि सघाउने अपेक्षा छ ।

पाँचथरमा एक वर्षमा सशस्त्र प्रहरीको चारवटा बीओपी स्थापना भएको छ । बीओपीका कारण अहिले सीमा क्षेत्रका बासिन्दामा सुरक्षाको अनुभूति भएको छ । बहमूल्य जडिबुटी तथा वन्यजन्तुको चोरी निकासी पनि नियन्त्रणमा आनउे अपेक्षा गरिएको छ ।

चिवाभञ्याङ, फालोट, भैंसे र सुकेढापमा बीओपी राखिएको छ । चिवाभञ्याङमा सशस्त्र प्रहरी आफ्नै भवन बनाएर बस्न थालेको छ । सामुदायिक भवन प्रयोग गरिएका अन्य पोस्टमा पनि आफ्नै भवन बनाउने तयारी रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

नेपाल–भारतबीच सिमावर्ती क्षेत्रमा पारिवारिक तथा व्यापारिक सम्बन्ध छ । विभिन्न नाकाबाट व्यापारिक कारोवार हुने गरेको छ । चहलपहल हुने नाकामा छोटी भन्सार लगायतका सरकारी निकायको आवस्यकता महशुस हुन थालेको छ ।

उच्च पहाडी क्षेत्रमा रहेका पोष्टबाट प्रहरीले गस्तीमार्फत सिमाना निरक्षण पनि गरिरहेको छ । तर यी पोष्टमा पर्याप्त सुविधा नहुँदा सुरक्षाकर्मीलाई समस्या भने छ । वर्षायाममा गाडी सञ्चालन हुन नसक्दा दैनिक आवश्यकताका सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *