खेलकूद

युरोकप फूटबलमा स्पेन र स्वीडेन बराबरीमा रोकिए

हिमालय टिभी
२०७८ असार १ गते ८:४१
युरोकप फूटबलमा स्पेन र स्वीडेन बराबरीमा रोकिए

१ असार २०७८ काठमाडौं । युरोकप फूटबलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन् ।

समूह इ को खेलमा गएराति स्पेन र स्वीडेनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सेभियाको घरेलु मैदानमा स्पेनले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा बराबरीमै चित्त बुझाएको हो ।

स्वीडेनले पनि गोल गर्ने मौका गुमाएको थियो । बराबरीसँगै समान एकएक अंकसहित स्पेन दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छन् । यस समूहमा ३ अंक जोडेको स्लोभाकिया शीर्ष स्थानमा छ ।

यही समूह अन्तर्गत यसअघि सकिएको खेलमा स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोलले पराजित गरेको थियो ।

त्यस्तै समूह डी को खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २० ले हराएको थियो । प्रतियोगिता अन्तर्गत आज समूह एफ का दुई खेल हुँदैछन् ।

हंगेरी र पोर्चुगलबीचको पहिलो खेल राति पौने दश बजे तथा फ्रान्स र जर्मनीबीचको खेल राति पौने एक बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्