खेलकूद

कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिली अंक बाँड्न बाध्य

हिमालय टिभी
२०७८ असार १ गते ८:३०
कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिली अंक बाँड्न बाध्य

१ असार २०७८ काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।

समूह ए को आफ्नो पहिलो खेलमा अर्जेन्टिना चिली १–१ गोलको बराबरीमा रोकिएका हुन् । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले अन्ततः बराबरीमै रोकिनु परेको हो ।

३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीको फ्रिकिक गोलसँगै अर्जेन्टिनाले अग्रता बनाएको थियो । चिलीका एरिक पुल्गरले पेनाल्टी क्षेत्र भन्दा केही बाहिर जियोभानी लो सेल्सोलाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रिकिकको अवसर पाएको थियो ।

तर ५८ औं मिनेटमा चिलीका एडुवार्डो भर्गासले गोल गर्दै खेल ११ गोलको बराबरीमा ल्याए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपनि फर्किएको बललाई एडुवार्डोले जाली चुमाएका थिए ।

त्यसपछि खेलमा दुबै टोलीबाट थप गोल हुन सकेन । बराबरीसँगै समूह यस समूहमा रहेका दुबै टोलीले एक(एक अंक जोडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहँदा चिली दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्