राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण शुरु हुँदै

१ असार २०७८ काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु हुँदैछ ।
फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसीपको तयारीका लागि नेपाली टोलीले प्रशिक्षण शुरु गर्न लागेको हो । प्रशिक्षण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा हुनेछ ।
कोरोना संक्रमणको महामारीका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गरिने नेपाल भलिबल संघले जनाएको छ ।
यसअघि जेठ २१ गतेदेखिका लागि तय प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आउन नसकेपछि केहि समयका लागि स्थगित भएको थियो ।
चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।
त्यस्तै पाँच जना बैकल्पिक खेलाडी समेत छन् । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ ।
प्रतिक्रिया