खेलकूद

नयाँ प्रशिक्षकबाट सकारात्मक ऊर्जा मिलेको कप्तान चेम्जोङको प्रतिक्रिया

हिमालय टिभी
२०७८ जेठ ३१ गते १९:०६
नयाँ प्रशिक्षकबाट सकारात्मक ऊर्जा मिलेको कप्तान चेम्जोङको प्रतिक्रिया

३१ जेठ २०७८ काठमाडौं । नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको प्रशिक्षणमा विश्वकप तथा एसिया कप छनोट खेलबाट टोलीमा सकारात्मक ऊर्जा मिलेको राष्ट्रिय फूटबल टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् ।

छनोट अन्तर्गतका पछिल्ला ३ खेल खेलेर हिजो राती नेपाल फर्किएको टोलीले कुवेत भ्रमणबाट धेरै कुरा सिक्न पाएको कप्तान तथा गोलकिपर किरणले बताएका हुन् । टोलीका पुराना खेलाडीसमेत रहेका उनले पहिले र अहिलेको टोलीमा धेरै भिन्नता देखिएको अनुभव साटेका छन् ।

छनोट खेलकै लागि एसियन फूटबल कन्फेडेरेशनको पहलमा नेपाल आएका मुख्य प्रशिक्षक अलमुताईरीको प्रशिक्षण र शैलीले टोलीमा सकारात्मक ऊर्जा मिलेको उनले बताए ।

खेलाडीहरुमा मनोबल बढेको र नतिजाका लागि आँतुर रहेको किरणको अनुभव छ । इराकसँगको मैत्रीपूर्ण खेल र छनोट चरणमा आफूभन्दा स्तरीय टोलीसँग खेल्दा नेपालले राम्रो नतिजा निकालेको र यस्तो म्याच एक्सपोजर पाएमा नेपाली फूटबलको स्तर वृद्धि हुने किरणको विश्वास छ ।

विश्वकप तथा एसिया कप छनोट अन्तर्गत नेपालले कुवेतमा चाइनिज ताइपेईलाई हराउँदा जोर्डन र अस्टे«लियासँग भने पराजित भएको थियो ।

हारसँगै एसिया कप छनोटको तेस्रो चरणमा सोझै प्रवेश गर्ने नेपालको सम्भावना सकिएको छ । अब नेपालले एसिया कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्