खेलकूद

नेपाली क्रिकेटरका लागि उत्कृष्ट जर्सी डिजाइन गर्नेले एक लाख पाउने

हिमालय टिभी
२०७८ जेठ ३१ गते १८:१७
नेपाली क्रिकेटरका लागि उत्कृष्ट जर्सी डिजाइन गर्नेले एक लाख पाउने

३१ जेठ २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर एमएसटीले खेलाडीको जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ ।

डिजाइनरले जर्सीमा राष्ट्रिय झण्डाको रातो र निलो रङ्गको प्रयोग गर्नु पर्नेछ । आगामी बिहीबारसम्म उपलब्ध भएका डिजाइनबाट उत्कृष्ट छनोट गरिने र विजेताले एक लाख नगद पाउने माइ सेकेन्ड टिचरले जनाएको छ ।

यस्तै विश्व क्रिकेट लीग टु अन्तर्गत नामिबिया र स्कटल्याण्डसँग हुने सिरिजको तयारीका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण नेपाल क्रिकेट संघ क्यानले कुनै गतिविधि नगर्ने भएपछि उनी यसअघि श्रीलंका फर्किएका थिए । नेपाल आएका प्रशिक्षक ह्वाटमोर केहि दिन क्वारेन्टिनमा बस्ने छन् ।

स्वास्थ्य जाँच पछि उनले जिम्मेवारी सम्हाल्नेछन् । क्यानले बन्द प्रशिक्षणमा २५ भन्दा कम खेलाडी बोलाउने तयारी गरेको छ ।

प्रारम्भिक चरणमा नेपालमै प्रशिक्षण गराउने र पछि वैदेशिक भुमिमा दुई साताको तयारी गर्ने क्यानको योजना छ । तर कुनै देशमा प्रशिक्षणको लागि जाने भन्ने यकिन भएको छैन् ।

यसअघि स्कटल्याण्डमा हुने तय भएको सिरिज कोरोना जोखिमका कारण अन्तिम समयमा स्पेनमा सारिएको छ । लीग टू मा नेपाल अहिलेसम्म चार खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । नेपालले दुई जित र दुई हार व्यहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्