समाज

ट्रयाक खुलेको २५ वर्षपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पूर्वाधार निर्माण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते १४:२५
ट्रयाक खुलेको २५ वर्षपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पूर्वाधार निर्माण (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ बागलुङ । कोरोना महामारीका बिच पनि राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा निरन्तर काम चलिरहेको छ । ट्रयाक खुलेको २५ वर्ष पछि यस सडकमा कालोपत्रेका साथै आवश्यक स्थानमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।

कोरोना महामारी रोकथामका लागि देशका सबैजसो जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द भएको बेला राष्ट्रिय गौरबको योजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा भने निरन्तर काम चलिरहेको छ ।

सरकारले कोरोना महामारीमा ठुला विकास निर्माणका काम नरोक्ने बताए पछि यसपटक काम रोकिएको छैन । तर अन्य जिल्लाबाट निर्माण सामग्री ल्याउन भने समस्या छ । तर पनि यहाँ निर्माणको काम चलिरहेको छ ।

निर्माण सम्झौता भएको पाँच वर्ष पछि बागलुङ्गको सदरमुकाम देखि घोडाँबाधेसम्मको सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । उपल्लो खण्डमा ६ किलोमिटर सडक कालोपत्रेका लागि तयार समेत भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

अहिले बागलुङ नगरपालिकाको उपल्लाचौरदेखि वेश विछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ । मध्यपहाडीको उपल्लो खण्डको रुपमा रहेको घोडाबाँधेमा साढे तीन किलोमिटर सडक ग्राभेल भइ कालोपत्रे गर्ने काम अगाडि बढेको छ ।

लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १ सय ४२ किलोमिटर सडक मध्ये दुर्गममा कालोपत्रे भइसकेको छ भने सुगममा ढिला भैरहेको छ । अब जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी छ ।

बागलुङ नगरपालिकाको उपल्लाचौरदेखि काठेखोला गाउँपालिकाको अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्डको १२ किलोमिटर २०७२ माघ १० गते एमपी एससिएफ इसीसी जेभीले दुई वर्षमा कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेका थिए । तर, अहिले सम्म चार पटक म्याद थप भैसकेको छ ।

त्यसैगरि, दुबै सडकको म्याद असार मसान्त सम्मबाट सकिँदै छ । निर्माण कम्पनीले असार भित्र १२ देखि १५ किलोमिटर सडक ग्राबेल गरिसक्ने र बाँकी काम साउन र भदौँमा सक्ने बचन दिएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *