खेलकूद

नोभाक जोकोभिचलाई पुरुष एकलतर्फको फ्रेञ्च ओपन टेनिसको उपाधि

हिमालय टिभी
२०७८ जेठ ३१ गते ८:२२
नोभाक जोकोभिचलाई पुरुष एकलतर्फको फ्रेञ्च ओपन टेनिसको उपाधि

३१ जेठ २०७८ काठमाडौं । शीर्ष वरियताका नोभाक जोकोभिचले पुरुष एकलतर्फको फ्रेञ्च ओपन टेनिसको उपाधि जितेका छन् ।

सर्बियाका जोकोभिचले ग्रीसका स्टेफानोस सिट्सिपासलाई हराउँदै वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेञ्च ओपनको उपाधि उचालेका हुन् ।

संघर्षपूर्ण खेलको शुरुवाती दुई सेट गुमाएका जोकोभिचले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेका थिए ।

जोकोभिचले पाँचौ वरियताका सिट्सिपासलाई ६–७, २–६, ६–३, ६–२ र ६–४ को सेटमा हराउन ४ घण्टा ११ मिनेट लगाए । जोकोभिचको यो दोस्रो फ्रेञ्च ओपन र १९ औं ग्राण्डस्लाम उपाधि हो । यसअघि उनले सन् २ हजार १६ मा पहिलो पटक फ्रेञ्च ओपन च्याम्पियन बनेका थिए ।

तेस्रो वरियताका राफायल नाडालले सबैभन्दा बढी १३ पटक फ्रेञ्च ओपन जितेका छन् । सेमिफाइनलमा जोकोभिचले नाडाललाई नै पराजित गरेका थिए ।

उता महिलातर्फको उपाधि भने चेक गणतन्त्रकी बार्बोरा क्रेज्सिकोभाले जितेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्