खेलकूद

युरोकप फूटबलमा युक्रेनमाथि नेदरल्याण्ड्सको जित

हिमालय टिभी
२०७८ जेठ ३१ गते ८:१६
युरोकप फूटबलमा युक्रेनमाथि नेदरल्याण्ड्सको जित

३१ जेठ २०७८ काठमाडौं । १६ औं संस्करणको युरोकप फूटबलमा नेदरल्याण्ड्सको विजयी शुरुवात भएको छ ।

समूह सी मा गएराति नेदरल्याण्ड्सले युक्रेनमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको हो । आम्स्टरडमस्थित जोहन क्रुफ एरिनामा ५२औं मिनेटमा कप्तान जर्जिनियो विज्नाल्डमको गोलबाट नेदरल्याण्ड्सले अग्रता लियो ।

लगत्तै ५८औं मिनेटमा वाउट वेगहोर्स्टले नेदरल्याण्ड्सको अग्रता दोब्बर पारेका थिए । तर युक्रेनकातर्फबाट ७५औै मिनेटमा एन्ड्री यार्मोलेन्को र ७९ औं मिनेटमा रोमन यारेमचकले गोल गरेपछि खेल २–२ को बराबरी भयो । तर ८५ औं मिनेटमा डेञ्जल डम्फ्राइजले गोलसँगै नेदरल्याण्ड्स ३–२ ले विजयी भयो ।

जितसँगै ३ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा रहँदा ३ अंक नै रहेको अष्ट्रिया शीर्ष स्थानमा छ ।

यस्तै हिजै सम्पन्न अन्य खेलमा अष्ट्रियाले नर्थ मेसेडोनियालाई ३–१ ले र इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराए । प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् ।

पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । समूह डी अन्तर्गतको खेल साँझ पौने सात बजे शुरु हुनेछ ।

यस्तै समूह इ मा पोल्याण्ड र स्लोभाकिया तथा स्पेन र स्विडेनबीच खेल हुनेछ । दोस्रो खेल राति पौने दश तथा अर्को खेल राति पौने बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्