खेलकूद
कोपा अमेरिका फूटबलमा ब्राजिलको विजयी शुरुवात
२०७८ जेठ ३१ गते ८:१०

३१ जेठ २०७८ काठमाडौं । आयोजक ब्राजिलले कोपा अमेरिका फूटबलमा विजयी शुरुवात गरेको छ ।
कोपा अमेरिकाको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले हराउँदै ब्राजिलले विजयी शुरुवात गरेको हो । स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र बर्बोसा अल्मिडाले एक(एक गोल गरे ।
२३ औं मिनेटमा मार्क्विन्होसको गोलसँगै ब्राजिलले अग्रता बनायो । त्यसपछि ६४ औं मिनेटमा पेनाल्टीमार्फत नेयमारले र ८९ औं मिनेटमा बर्बोसाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भएको हो ।
जितसँगै समूह बीमा रहेको ब्राजिलले ३ अंक जोडेको छ । ब्राजिल ९ पटकको कोपा अमेरिका विजेता राष्ट्र हो । ४७औं संस्करणको कोपा अमेरिका कोरोना भाइरसको महामारीका ढिला गरी शुरु भएको हो ।
यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियामा हुने तय भएको थियो ।
प्रतिक्रिया