समाज

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा मजदुर र निर्माण सामग्री अभाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३० गते १४:५१
भेरी–बबई बहुउद्देश्यीय आयोजनामा मजदुर र निर्माण सामग्री अभाव (भिडियो रिपोर्टसहित)

३० जेठ २०७८ सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा मजदुर र निर्माण सामग्रीको अभाव देखिएको छ । कोरोना महामारीको कारण निर्माण सामग्री र मजदुर पाउन मुस्किल भएपछि आयोजना समयमै पुरा नहुने देखिएको छ ।

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना अबको दुई वर्षभित्र सकिनु पर्ने हो । तर अहिलेसम्म यसको ४५ प्रतिशत काम मात्र सकिएको छ । तर कोरोनाका कारण उत्पादक कम्पनी बन्द भएपछि रड सिमेन्टलगायतको निर्माण सामग्रीको अभाव भएको अहिले काम रोकिएको छ । जसले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका बढेको छ ।

कोरोना महामारीभन्दा अगाडि एक सय भन्दा बढी मजदुर कार्यरत रहेको आयोजनामा अहिले मजदुरको संख्या आधा मात्र छ । आयोजना निर्माणस्थल वरपरका गाउँमा कोरोना संक्रमण फैलिएका कारण मजदुर काममा फर्कन नमानेपछि समस्या भएको छ । काममा भएका पनि व्यक्तिगत सुरक्षा सावधानी अपनाएर मात्र काम गरेका छन् ।

आयोजना निर्माण स्थलमा कार्यरत धेरै मजदुरले काम छाडे पनि ६० जना कामदारले भने अहिले पनि काम जारी राखेका छन् । उनीहरु निषेधाज्ञामा काम गर्न पाउँदा खुसी छन् ।

आधा मजदुरले काम गरिरहे पनि निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग्री रड र सिमेन्टको अभाव देखिन थालेको छ ।

आयोजना आर्थिक वर्ष २०७९(८० मा सम्पन्न भइसक्नुपर्छ । विभिन्न कारणले काममा ढिलाई भइरहे पनि आयोजनाले भने तोकिएकै समयमा निर्माण सम्पन्न हुने दाबी गरेको छ । सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भइ सकेको छ । तर, दोस्रो चरणको काम भने सुस्त छ ।

दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम पूरा भएको छ, भने आयोजनाको महत्त्वपूर्ण मानिएको विद्युत गृह निर्माणको काम झनै सुस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *