समाज

दाङको घोराहीमा विपन्नका लागि सिसा फूड बैंक संचालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३० गते १४:४५
दाङको घोराहीमा विपन्नका लागि सिसा फूड बैंक संचालन (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ दाङ । दाङमा गत वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी छ । जेठ २६ गतेबाट निषेधाज्ञा केही खुकुलो बनाइएको छ । तर पनि अपाङग अशक्त, जेष्ठ नागरिकले खानपानको जोहो गर्न सकिरहेका छैनन् । यस्तोमा अति विपन्न परिवारलाई सहयोग गर्न दाङको घोराहीमा सिसा फुड बैंक संचालनमा ल्याइएको छ ।

झट्ट हेर्दा किराना पसल जस्तो देखिने यो दृश्य किराना पसलको हैन, यो त निषेधाज्ञाका कारण चुलो बल्न छोडेका परिवारको सारथी सिसा फुड बैंक हो । यो फूड बैंकबाट अपाङ्गता भएका, काम गर्न नसक्ने, जेष्ठ नागरिकहरु तथा अति विपन्न परिवारले निःशुल्क खाद्यान्न लगेर छाक टारिरहेका छन् ।

सरकारले गर्नु पर्ने काम फूड बैंकले गरेको भनेर लाभग्राही निकै खुसी छन् ।

प्रधानमन्त्रीले बारम्बार कोही भोकै पर्दैन कोही भोकले मर्दैन भन्नुहुन्छ । तर सरकारले विपन्न परिवारको भोक मेट्न भाषण बाहेक केह गर्दैन । त्यसैले कोही पनि भोको हुन नपरोस भनेर स्थानीय व्यक्ति र संघ संस्थाको सहयोगमा यो फूड बैंक सञ्चालमा आएको हो ।

यसमा कारितास नेपालले ४ लाख ५० हजार र स्थानीय बासिन्दा र संघसंस्थाको सहयोग छ । हुनेले दिउँ नहुनले लिउँ भन्ने नीति अनुसार फुड बैंक सञ्चालन भएको छ । फुड बैंकबाट परिवारको अवस्था हेरेर १ हजार देखि ५ हजार रुपैयाँ बराबरको खाद्यान्न लैजान पाउने छन् ।

दैनिक रुपमा फुड बैंकबाट ४० देखि ४२ जनाले राहात लैजाने गरेका छन । यो अभियानले भोक भोकै रहेका परिवारलाई थोरै भए पनि राहात मिलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *