खेलकूद

युरोकप फूटबलमा बेल्जियमले विजयी शुरुवात

हिमालय टिभी
२०७८ जेठ ३० गते ७:४७
युरोकप फूटबलमा बेल्जियमले विजयी शुरुवात

३० जेठ २०७८ काठमाडौं । युरोपियन च्याम्पियनसिप युरोकप फूटबलमा बेल्जियमले विजयी शुरुवात गरेको छ ।

समूह बीको खेलमा घरेलु टोली रसियालाई ३–० गोलले हराउँदै बेल्जियमले शानदार शुरुवात गरेको हो । सेन्ट पिटर्सवर्गमा बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई र थोमस मुनिएरले एक गोल गरे ।

दशौं मिनेटमै लुकाकुको गोलसँगै बेल्जियमले अग्रता बनायो । लुकाकुले उक्त गोल खेलकै क्रममा हृदयघात भएर मैदानमा लडेका र अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिष्टियन एरिक्सनलाई समर्पण गरे ।

यसअघिकै फिनल्याण्डविरुद्धको खेलकै क्रममा अचेत भएका एरिक्सन खतरामुक्त रहेको बताइएको छ । त्यसपछि खेलको ३४ औं मिनेटमा थोमस र ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल थपेपछि बेल्जियम ३–० ले विजयी भयो ।

समूह ुबीु मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ । हिजै भएका अन्य खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराउँदा वेल्स र स्विटजरल्याण्ड १–१ गोलको बराबरीमा रोकिए ।

युरोकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज समूह डी को खेलमा इंग्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

यस्तै समूह सी को पहिलो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनिया र अर्को खेलमा नेदरल्याण्ड्स र युक्रेनबीच खेल हुनेछ । पहिलो खेला राति पौने दश र अर्को खेला राति १२ बजेर ४५ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्