खेलकूद

कुवेत पुगेको नेपाली राष्ट्रिय फूटबल टिम आज स्वदेश फर्कँदै

हिमालय टिभी
२०७८ जेठ ३० गते ७:३३
कुवेत पुगेको नेपाली राष्ट्रिय फूटबल टिम आज स्वदेश फर्कँदै

३० जेठ २०७८ काठमाडौं । फिफा विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फूटबल टोली आज स्वदेश फर्कंदै छ ।

दोस्रो चरणअन्तर्गत छनोटको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्यीय टोली आज स्वदेश फर्कन लागेको हो । टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आउने छ ।

छनोटमा नेपालले चाइनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियासँग खेलेको थियो । नेपालले चाइनिज ताइपेलाई २–० ले पराजित गरेका थियो ।

यस्तै जोर्डनसँग ३–० ले अष्ट्रेलियाविरुद्ध समेत ३–० ले हारेको थियो । छनोट अघि नेपालले इराकसँग एउटा मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो ।

समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा रहँदै विश्वकप छनोट चरणको अन्त्य गरेको छ ।

नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । तर, नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्