खेलकूद

युरोकपमा टर्कीविरुद्ध इटालीको ३–० को जित

हिमालय टिभी
२०७८ जेठ २९ गते ८:२२
युरोकपमा टर्कीविरुद्ध इटालीको ३–० को जित

२९ जेठ २०७८ काठमाडौं । १६औं संस्करणको युरोपियन च्याम्पियनसिप युरोकप फूटबलमा इटालीले विजयी शुरुवात गरेको छ ।

इटालीको रोममा भएको उद्घाटन खेलमा इटालीले टर्कीमाथि ३–० गोलको शानदार जित निकालेको हो । रोमस्थित ओलम्पिक स्टेडियममा इटालीको जितमा सिरो इम्मोबाइल र लोरेञ्जो इन्सिग्ने एक(एक गोल गरे ।

इटालीले एक गोल आत्मघातीको रुपमा पाएको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ दुबै तर्फबाट गोल हुन सकेन । ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोल गरेपछि इटालीले अग्रता लिएको थियो ।

डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोष्टमा गोल गरेका थिए । ६६ औं मिनेटमा इम्मोबाइलले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । त्यसपछि ७९ औं मिनेटमा लोरेञ्जोले गोल थपसँगै इटाली समग्रमा ३–० ले विजयी भएको हो ।

जितसँगै समूह ए मा रहेको इटालीले ३ अंक जोडेको छ । युरोकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज समूह ए को खेलमा वेल्स र स्विटजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

यस्तै समूह ुबीु को पहिलो खेलमा डेनमार्क र फिनल्याण्ड र अर्को खेलमा बेल्जियम र रुसबीच खेल हुनेछ । पहिलो खेला राति पौने ९ र अर्को खेला राति १२ बजेर ४५ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्