समाज

गाउँ-गाउँमा दोहन : गुल्मीमा उत्खनन हुँदा बस्ती र खेत जोखिममा ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २९ गते ६:४९
गाउँ-गाउँमा दोहन : गुल्मीमा उत्खनन हुँदा बस्ती र खेत जोखिममा ! (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७८ गुल्मी। शहर बजारमा मात्रै होइन गाउँगाउँमा पनि नदी र खोलामा दोहन भइरहेको छ । गुल्मीका अधिकांश खोलामा मापदण्ड विपरीत स्काभेटरसहितका ठुला यन्त्र प्रयोग गर्दै दोहन हुँदै आएको छ ।

इस्मा गाउँपालिकामा अहिले छल्दी खोलाबाट पनि अवैध रुपमा नदिजन्य पदार्थ निकाल्ने क्रम तिब्र छ । मापदण्ड र वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी उत्खनन हुँदा बस्ती र खेत जोखिममा परेका छन् ।

यो दृश्य हो गुल्मीको इस्मा गाउँपालिका स्थित सिल्तुङको । यहाँको छल्दी खोलामा स्काभेटर प्रयोग गरी नदीजन्य प्रदार्थको अवैध उत्खनन भइरहेको छ ।

नदीजन्य पदार्थ निकाल्न कानुनी रुपमा मेसिनको प्रयोग गर्न पाइँदैन तर कानुन हातमा लिएर अहिले खुलेआम यसरी दोहन भइरहेको छ। स्थानीय जनप्रतिनिधि पनि यसबारे जानकार छन् ।

गाउँपालिकामा अनुगमनको जिम्मा उपाध्यक्षको पनि हो । तर आफुहरुले यसबारे पटक–पटक जिल्ला प्रशासन लगायत सरोकारवालालाई जानकारी दिँदा पनि कसैले नसुनेको जनप्रतिनिधिको गुनासो छ ।

वातावरणीय प्रभाव मूल्यांकनअनुसार अहिले उत्खनन भइरहेको क्षेत्रमा शुन्य दशमलव ५ मिटर गहिराइसम्म मात्र नदीजन्य पदार्थ झिक्न मिल्छ । तर अहिले खोला २ मिटरसम्म गहिराइमा पुगेको छ । जसका कारण खेतमा सिंचाइ गर्ने कुलोमा पानी चढ्न सक्दैन ।

नदी दोहनस्थलमा पुगेका प्रहरी निरीक्षक गोपाल चन्द्र भट्टराईसमेत यो देखेर अचम्ममा पर्नुभयो । यसरी उत्खनन् भइरहेको बारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताउँदै उहाँले अब कडाइका साथ रोक्ने बताउनुहुन्छ ।

स्थानीय प्रशासनले झारा टार्नका लागि नदीजन्य पदार्थको दोहन नगर्न भन्ने गरेको छ । तर कडाइ पूर्वक अनुगमन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन । जसका कारण अवैध काम गर्नेहरु हौसिएका छन् । यसरी नदिजन्य पदार्थको उत्खनन् हुदै जाने हो भने नजिकका खेत बारी छिट्टै मरुभुमिमा परिणत हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *