खेलकूद

नेपाल आज अष्ट्रेलियासँग भिड्दै

हिमालय टिभी
२०७८ जेठ २८ गते ७:५६
नेपाल आज अष्ट्रेलियासँग भिड्दै

२८ जेठ २०७८ काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्न लागेको हो । अष्ट्रेलिया र नेपालबीचको खेल राति पौने दश बजे शुरु हुनेछ ।

एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपालका लागि निकै कठिन हुने छ । तर, नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल प्रस्तुत गर्ने बताएका छन्। नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी नै छ ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ । अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै नेपालसँग खेल्न उत्साहित रहेको बताएका छन् ।

समूह ुबीु मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने ६ अंकसहित चौंथो स्थानमा छ ।

जारी खेलमा नेपालले यस अघि चाईनिज ताईपेलाई २–० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो । नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । अष्ट्रेलियाको घरेलु मैदानमा नेपालल ५० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्