खेलकूद

नोभाक जोकोभिच फ्रेञ्च ओपन टेनिसको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७८ जेठ २७ गते ७:४३
नोभाक जोकोभिच फ्रेञ्च ओपन टेनिसको सेमिफाइनल प्रवेश

२७ जेठ २०७८ काठमाडौं । शीर्ष वरियताका नोभाक जोकोभिच फ्रेञ्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सर्वियन खेलाडी जोकोभिचले नवौं वरियताका माट्टेओ बेअरेट्टेनीलाई ६–३, ६–२, ६–७ र ७–५ को संघर्षपूर्ण सेटमा हराए । सेमिफाइनल पुग्ने क्रममा बेअरेट्टेनीलाई हराउन जोकोभिचले ३ घण्टा २८ मिनेट लगाए ।

यस्तै साविक विजेता राफायल नाडालले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानलाई हराउँदै अन्तिम चारको यात्रा तय गरे । तेस्रो वरियताका नाडालले स्वार्ट्जम्यानलाई ६–३, ४–६, ६–४ र ६–० को सेटमा हराउन दुई घण्टा ४५ मिनेट खर्चिए । ३५ वर्षीय नाडाल १४ औं पटक ग्राण्डस्लाम उपाधि जित्ने दौडमा छन् ।

अब फाइनल प्रवेशका लागि जोकोभिच र नाडालले प्रतिस्पर्धा गर्नेछन् । अर्को सेमिफाइनलमा पाँचौ वरियताका स्टेफानोस सिट्सिपास र छैठौं वरियताका एलेक्सान्डर स्वेरेभ भिड्ने छन् ।

उता महिलातर्फ साविक विजेता पोल्याण्डकी इगा स्विटेक पराजित भएकी छिन् । ग्रीसकी मारिया सकारीले स्विटेकलाई ६–४ र ६४ ले हराउँदै सेमिफाइनल पुगिन् । उनले फाइनल प्रवेशका लागि चेक गणतन्त्रकी बार्बोरा क्रेज्सिकोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्