विदेश

अमेरिकाले विश्वका केही देशलाई ५० करोड डोज खोप सहयोग गर्ने

हिमालय टिभी
२०७८ जेठ २७ गते ७:३७
अमेरिकाले विश्वका केही देशलाई ५० करोड डोज खोप सहयोग गर्ने

२७ जेठ २०७८ काठमाडौं । अमेरिकाले विश्वका केही देशलाई कोरोना भाइरस विरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अबको दुई वर्षभित्र निम्न आय भएका एक सय देशलाई ५० करोड डोज खोप उपलब्ध गराइने बताए । यसका लागि फाइजरको खोप उपलब्ध हुन बताइएको छ ।

यस अन्तर्गत यस वर्ष २० करोड र सन् २ हजार २२ को पहिलो ६ महिनामै बाँकी ३० करोड डोज खोप वितरण गर्ने योजना बाइडेन प्रशासनको छ । खोप उपलब्ध हुने देशमध्ये ९२ वटा कम आय भएका र अन्य ८ वटा अफ्रिकन युनियनका सदस्य रहनेछन् ।

राष्ट्रपति बाइडेनले पहिलो विदेश भ्रमणका लागि बेलायत भ्रमण जानुअघि विमानस्थलमा पत्रकारहरुसँग यसबारे जानकारी गराएका थिए । तर खोप खरिदबारे ह्वाइटहाउसको कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रपति बाइडेन जी(सेभेन सम्मेलनमा सहभागी हुन आठ दिने भ्रमणका लागि बेलायत पुगिसकेका छन् । सम्मेलन अघि आज बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र बाइडेनबीच भेट हुनेछ ।

भ्रमणको अन्त्यमा हुने बाइडेनको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत भेट्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *