आर्थिक

कोरोना कहर : सीमित बैंकका शाखा खुल्दा थेग्न नसकिने भिड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २६ गते २०:२१
कोरोना कहर : सीमित बैंकका शाखा खुल्दा थेग्न नसकिने भिड (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ काठमाडौं । कोनोरा नियन्त्रणका लागि भनेर सरकारले निषेधाज्ञा लगाइरहेको छ । तर बैंक तथा वित्तीय संस्थामा देखिने भिडले निषेधाज्ञालाई नै गिज्जाइरहेको छ । बिहान १० बजेअघि नै बैंकमा लामो लाइन लाग्ने गरेको छ । कोरोना संक्रमण रोक्नै भनेर बैंक खोल्न कडाइ गर्दा उल्टै कोरोना फैलिने जोखिम बढेको छ ।

कोरोना नियन्त्रणका लागि भनेर सरकारले बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न कडाइ गरेको छ । जसअनुसार राष्ट्र बैंकले क वर्गका बैंकलाई काठमाडौं जिल्लामा केन्द्रीय कार्यालयसहित जम्मा ३ वटा शाखा खोल्न दिएको छ । यस्तै ललितपुरमा दुई वटा र अन्य जिल्लामा प्रति जिल्ला एउटा मात्र शाख खोल्न पाइन्छ । सीमित शाखा मात्र खुल्ने भएपछि कारोवार हुने शाखामा बिहान १० नबज्दै लाइन शुरु भइसक्छ ।

१० बजेअघि नै शुरु हुने भीड दिउँसो अझै बढ्दै जान्छ । आफनो घर नजिकको बैंक शाखा नखुल्ने भएपछि सेवाग्राही पैदल नै हिँडेर खुलेको टाढाको शाखामा सेवा लिन पुग्नु परेको छ ।

थोरै शाखा खुलेका बैंकमा कर्मचारी पनि थोरै हुन्छन् । त्यसैले चेक साट्नकै लागि घन्टौँ लाइनमा बस्नु पर्ने बाध्यता छ । जसले भीड बढेकको छ ।

अधिकांश खुल्ला भएका बैंकहरुले सेवाग्राहीहरु सामाजिक दूरीसमेत कायम नगरी लाइन लागिरहेका छन् । बैंकका कर्मचारीहरुले बेलामा सामाजिक दूरी कामय गर्न भने पनि त्यसको पालना नै हुँदैन । स्वास्थ्य मापदण्ड नै पालना नगरी हुने यो भीडले कोरोना संक्रमणको जोखिम बढेको छ ।

झण्डै डेढ महिनादेखि काठमाडौं उपत्यकासहितका देशका धेरैजसो जिल्लामा निषेधाज्ञा छ । साथमा भएको पैसा सकिएपछि सेवाग्राही आफ्नो बचतबाट घर खर्च चलाउने भन्दै पैसा निकाल्न बैंक पुग्छन् । शेयर कारोवार लगायतका अन्य वित्तीय कारोवार हुने सेवा सञ्चालनमा रहेकाले पनि कारोवारका लागि बैंकमा पुग्नै प्ने बाध्यता छ । त्यसैले बैंकमा भीड हुने गरेको छ । बैंकमा हुने यो भीडले निषेधाज्ञालाई नै गिज्याइरहको छ ।

बैंक तथा वित्तीय संस्थामा हुने भीड कम गर्न भनेर नेपाल राष्ट्र बैंकले विद्युतीय कारोवार गर्न आग्रह गर्दै आएको छ । तर सबैको पहुँच विद्युतीय कारोवारमा छैन । जसले गर्दा पनि समस्या बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *