आर्थिक
पाल्पामा बैंक सञ्चालनमा आएसँगै बढ्यो भिडभाड
२०७८ जेठ २६ गते १९:०२
२६ जेठ २०७८ पाल्पा । एक महिनादेखि बन्द रहेका पाल्पाका बैंक सञ्चालनमा आएसंगै भिडभाड बढेको छ ।
प्रशासनले बैंक दैनिक ३ घन्टा मात्र खोल्न निर्देशन दिएको छ । छोटो समयमा नै धेरै सेवाग्राही आउँदा भीड बढेको छ ।
साथमा भएको पैसा सकिएपछि कोरोना संक्रमणको जोखिम मोलेरै भए पनि बैंकमा लाइन लाग्न आइपुगेको सेवाग्राही बताउँछन् ।
सामाजिक सुरक्षा भत्ता, भारतीय भुपु सैनिकको परिवारको पेन्सन झिक्ने लगायतका कामका लागि बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।
प्रतिक्रिया