आर्थिक
एनसेलले बढायो विभिन्न १९ देशका लागि अन्तर्राष्ट्रिय कल शुल्क (भिडियो रिपोर्टसहित)
२०७८ जेठ २६ गते १८:०५

२६ जेठ २०७८ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १९ वटा देशमा अन्तर्र्राष्ट्रिय कल शुल्क बढाएको छ ।
शुल्क बढाइएकामा अधिकांश युरोपेली मुलुक छन् । इटाली, माल्टा, जर्मनी, बेल्जियम, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया लगायतका मुलुकमा अब कल गर्दा प्रतिमिनेट कर बाहेक ३० रुपैयाँ शुल्क लाग्ने छ ।
यसअघि यी देशमा कल गर्दा देश अनुसार प्रतिमिनेट ५ रुपैयाँदेखि १५ रुपैयाँसम्म शुल्क लाग्ने गरेको थियो ।
अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा शुल्क कम भएको र सम्बन्धित देशका साझेदारले सन् २०१६ देखि शुल्क बढाएकाले पहिलेदेखि नै नोक्सानी भइरहेको एनसेलले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन अनुसार नै कल शुल्क बढाएको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया