समाज

तनहुँ जलविद्युत आयोजनाको बाँधको सुरुङ पहुँच मार्ग निर्माण पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २६ गते १७:३८
तनहुँ जलविद्युत आयोजनाको बाँधको सुरुङ पहुँच मार्ग निर्माण पूरा (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ तनहुँ । तनहुँ जलविद्युत आयोजनाको बाँधको सुरुङ पहुँच मार्गको निर्माण पूरा भएको छ । एक सय चालीस मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको बाँधस्थलको दायाँपट्टीबाट सुरुङ पहुँच मार्ग बनाइएको हो । निषेधाज्ञाका बीच पनि यो आयोजनाको काम चौबीसै घण्टा भइरहेको छ ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ चापाघाटदेखि बाँधस्थलसम्मको साढे दुई किलोमिटर पहुँच मार्ग यसअघि नै निर्माण भएको थियो । तर कठिन मानिएको सुरुङ मार्ग पनि अहिले पूरा भएको छ । यसले बाँधको काम शुरु गर्नका लागि अब बाटो खुलेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि तनहुँमा निशेधाज्ञा जारी भए पनि सरकारले तोकेका स्वास्थ मापदण्ड अपनाइ काम अघि बढिरहेको छ । ३ सय १४ मिटर लामो यो सुरुङ मार्गका लागि प्राविधिक तथा ईञ्जिनियरले गत माघ महिनादेखि काम थालेका थिए । अहिले पनि दैनिक २४ सै घण्टा दुई सिफ्टमा काम काम भइरहेको छ ।

आयोजनाको विद्युतगृहको काम चिनियाँ सिनो हाइड्रो कम्पनीले गरिरहेको छ । अब बाँधको निर्माण कालिका सोम्दा जेभीले थाल्नेछ । १६ अर्ब ६२ करोड रुपैयाँमा खरिद सम्झौता भए अनुरुप पहिलो प्याकेजको काम भइरहेको छ । निषेधाज्ञामा पनि काम प्रभावित नहोस् भनेर प्रशासनले सहयोग गरिरहेको छ ।

ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले निषेधाज्ञामा पनि तिब्र रुपमा काम गरिएको छ । जलाशययुक्त आयोजना भएकाले सरकारले पनि यसलाई प्राथमिकता दिएको छ ।

दमौली नजिकैको दुले पहरामा १ सय ४० मिटर अग्लो बाँध निर्माण हुनेछ । काँहुडाँडाभित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग निर्माण गरेर सेती नदीको पानी पठाएर विद्युत उत्पादन हुनेछ । २ वर्षअघि शुरु भएको आयोजना अब तीन वर्षभित्र सक्ने लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *