समाज

पर्साको बगही नदीमाथिको पुल भाँचिएपछि स्थानीयलाई समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २६ गते १७:३०
पर्साको बगही नदीमाथिको पुल भाँचिएपछि स्थानीयलाई समस्या (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ मा रहेको बगही नदीमाथिको पुल भाँचिएपछि गाउँलेलाई ओहोर दोहोरमा समस्या भएको छ ।

कृषि प्रयोजन तथा हल्का सवारी साधन आवत् जावतका लागि बनाइएको यो पुलमा हजारौं किलो निर्माण सामग्री बोकेका टिप्पर गुड्न थालेपछि भाँचिएको हो । इनरुवा, दर्दवा, हर्दिया, हर्दासपुर, रत्नपुर लगायतका गाउँलाई वीरगञ्जसम्म जोड्ने यो पुल भासिँदा गाउँलेलाई समस्या भएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले एक साताभित्र पुल बनाउने काम शुरु हुने आश्वासन दिनुभएको छ ।

दर्जनभन्दा बढी गाउँलाई मुख्य सहर वीरगञ्जसम्म जोड्ने यो एउटै मात्र पुल हो । पुल नभएपछि स्थानीयबासिन्दा लामो बाटो घुमेर वीरगञ्ज बजार पुग्न बाध्य छन् ।

वर्षाको समय नजिक आइसकेकाले तत्काल पुल नबने स्थानीय झन समस्यामा पर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *