खेलकूद

फ्रेञ्च ओपन टेनिसमा स्टेफानोस सिट्सिपास र एलेक्सान्डर स्वेरेभ भिड्ने

हिमालय टिभी
२०७८ जेठ २६ गते ८:३१
फ्रेञ्च ओपन टेनिसमा स्टेफानोस सिट्सिपास र एलेक्सान्डर स्वेरेभ भिड्ने

२६ जेठ २०७८ काठमाडौं । फ्रेञ्च ओपन टेनिसको सेमिफाइनलमा स्टेफानोस सिट्सिपास र एलेक्सान्डर स्वेरेभ भिड्ने भएका छन् ।

ग्रीक खेलाडी स्टेफानोसले दोस्रो वरियताका डानिल मेड्भेडेभलाई हराउँदै सेमिफाइनलमा छैठौं वरियताका स्वेरेभसँगको भिडन्त पक्का पारेका हुन् ।

पाँचौ वरियताका स्टेफानोसले रुसी खेलाडी मेड्भेडेभलाई ६–३, ७–६ र ७–५ को सोझो सेटमा हराए । २२ वर्षीय स्टेफानोस लगातार तेस्रो पटक ग्राण्डसलामको सेमिफाइनलमा पुगेका छन् ।

उता स्पेनिस खेलाडी अलेजान्ड्रो डाविडोभिच फोकिनालाई ६–४, ६–१ र ६–१ को सेटमा हराएका स्वेरेभ पहिलो पटक फ्रेञ्च ओपनको सेमिफाइनलमा पुगेका छन् ।

यस्तै अर्को सेमिफाइनल प्रवेशका लागि शीर्ष वरियताका स्पेनका नोभाक जोकोभिच र नवौं वरियताका माट्टेओ बेअरेट्टेनी तथा तेस्रो वरियताका राफायल नाडाल र दशौं वरियताका स्विटजरल्याण्डका डिएगो स्वार्ट्जम्यानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्