समाज

महोत्तरीको गौशालामा जंगली हात्तीको आतंक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते १४:५८
महोत्तरीको गौशालामा जंगली हात्तीको आतंक (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ महोत्तरी । महोत्तरीको गौशालामा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० वटौवा विश्वकर्मा टोलमा मध्यरात वस्तीमै पसेर हात्तीले गाउँलेको घर भत्काइदिएको छ ।

हात्तीले स्थानीयबासिन्दाको घरको अन्नसमेत खाइदिएको छ । यस्तै हात्तीले खेतीबाली पनि नष्ट गरेकोछ ।

राति कतिबेला हात्ति आउने हो र घर भत्काइदिने हो भन्ने त्रासले गाउँलेल राम्ररी सुत्न समेत पाएका छैनन । यसअघि महोत्तरीका जंगलमा हात्ति देखिने गरे पनि बस्तिमा पस्ने गरेको थिएन ।

तर अहिले खानाको खोजीमा छावासहितका हात्तीको बथान गाउँ छिरेको अनुमान छ । जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विनोद सिंहले हात्ती बथान बर्दिवास खयरमारा आसपासमा रहेको जानाकारी पाएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्