आर्थिक

पौरखी नेता कार्की–सुन्तला, कागतीलगायतका फलफूलका कलकलाउदा विरुवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते १४:४१
पौरखी नेता कार्की–सुन्तला, कागतीलगायतका फलफूलका कलकलाउदा विरुवा (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ गुल्मी । राजनीतिमा सक्रिय व्यक्ति कृषि पेशामा कमै भेटिन्छन् । त्यसैमध्येका एक हुनुहुन्छ, नेकपा माओवादी केन्द्र, गुल्मीका सचिव वीरबहादुर कार्की । कार्कीे सुन्तला, कागती लगायतका फलफूलका विरुवा उत्पादन गरिरहनु भएको छ । तर उहाँलाई अहिले विरुवा विक्रीको चिन्ता छ ।

सुन्तला, कागती लगायतका विरुवामा पानी हाल्ने, गोडमेल गर्ने तथा अन्य फलफूलका विरुवा हुर्काउने वीरबहादुर कार्कीको दैनिकी हो । नेकपा माओवादी केन्द्र, गुल्मीका सचिव रहेका कार्की पार्टीको कामबाट फुर्सद निकालेर यसैगरी फलफूलका विरुवा हुर्काउन व्यस्त हुनुह्नछ ।

मालिका गाउँपालिका –५ छापहिले घर भएका कार्की हाल तम्घासमा बसोबास गर्दै कृषि कर्ममा लाग्नुभएको छ । उहाँले ८ रोपनी जग्गामा सुन्तला, कागती लगायतका फलफूलका विरुवा र घाँस तथा घाँसको विरुवा उत्पादन गर्नुहुन्छ ।

आठओटा टनेलमा सुन्तला, कागती, अनार लगायतका विरुवा छन् । सुन्तला र कागतीका केही विरुवा टनेलबाहिर पनि छन् । उहाँसँग अहिले ४० हजार सुन्तला, ३० हजार कागतीसहित, अनार, टिमुर, मौसम, किवि, चियापत्ती, कुरिलो लगायतका विरुवा पनि छन् । अब विरुवा विक्री हुने समय हो ।

विगतका वर्ष बाग्लुङ, पर्वत र दैलेखसम्मबाट किसान आएर विरुवा लैजान्थे । तर यसपटक भने समस्या छ । गुल्मीकै स्थानीय तहले पनि खरिद नगरिदिँदा यस वर्ष विरुवा कहाँ बेच्ने भन्ने उहाँलाई चिन्ता छ ।

कृषिजन्य सामग्री विक्री नहुने समस्या सबैजसो जिल्लामा देखिएको छ । किसानले उत्पादन गरेका विरुवाबारे जानकारी गराए विक्री वितरणमा सहजिकरण गरीदिने कृषि ज्ञानकेन्द्रका अधिकारी बताउँछन् ।

पछिल्लो समय विशेषगरी युवा कृषि क्षेत्रमा आकर्षित भएका छन् । कृषिबाट नै समृद्धि खोजिरहेको सरकारले कृषिजन्य सामग्रीको उचित बजारीकरणको व्यवस्था मिलाउन जरुरि छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *