खेलकूद

जोर्डनसँग नेपाल ३–० गोल अन्तरले पराजित

हिमालय टिभी
२०७८ जेठ २५ गते ८:१८
जोर्डनसँग नेपाल ३–० गोल अन्तरले पराजित

२५ जेठ २०७८ काठमाडौं । फिफा विश्वकप फूटबल तथा एसियन कप छनोट खेलमा नेपाल पराजित भएको छ ।

फिफा विश्वकप २ हजार २२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो । कुवेत सिटीको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनका लागि बहा फैजलले दुई गोल गरे ।

जोर्डनले २४ औं मिनेटमा फैजलको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो । रोहित चन्दले डीबक्सभित्र मौसा मोहमद सुलेमानलाई लडाएपछि जोर्डनले पेनाल्टी प्रहारको अवसर पाएको थियो । त्यसपछि जोर्डनले ४९ औं मिनेटमा फैजलको व्यक्तिगत दोस्रो गोलसँगै अग्रता दोब्बर बनाएको थियो ।

जोर्डनका लागि ६७ औं मिनेटमा यजान अल अरबीले तेस्रो गोल थपेका थिए । जितपछि समूह बीमा ६ खेलबाट १३ अंक जोड्दै जोर्डन तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको ५ खेलबाट १५ अनि कुवेतको ६ खेलबाट १० अंक छ ।

नेपाल भने सात खेलबाट ६ अंकसहित चौथो स्थानमा छ। नेपालले अन्तिम खेलमा जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने छ । नेपालले समूहमा चाइनिज ताइपेईविरुद्ध दुबै खेल जित्दा अन्य सबै खेलमा हारेको छ ।

जोर्डनसँग भएको पहिलो खेलमा पनि ३(० ले पराजित भएको थियो । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन कम्तिमा अष्ट्रेलियाविरुद्ध जित निकाल्दै समूहका अन्य टोलीको नतिजा पर्खनुपर्ने हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्