विदेश

भारतको पुणेस्थित एक उद्योगमा भएको आगलागीमा कम्तिमा १८ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ २५ गते ८:१४
भारतको पुणेस्थित एक उद्योगमा भएको आगलागीमा कम्तिमा १८ जनाको मृत्यु

२५ जेठ २०७८ महाराष्ट्र । भारतको महाराष्ट्रको पुणेको एक रासायनिक उद्योगमा आगलागी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

महाराष्ट्र राज्यको पुणे शहरको एक उद्योगमा भएको आगलागीमा १८ जना कामदारको मृत्यु भएको हो । घोटावडे फाटा क्षेत्रको उक्त कारखानामा आगलागीको समयमा ३७ जना कामदार कार्यरत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै कैयन् कामदार अझै हराइरहेको स्थानीय अधिकारीले जनाएका छन् । आगलागीको कारणबारे अझै यकिन हुन सकिरहेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *