राजनीति

विपक्षी गठबन्धनको पक्षमा मतदान नगर्ने प्रदेशसभा सदस्य थापाको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २४ गते १४:२५
विपक्षी गठबन्धनको पक्षमा मतदान नगर्ने प्रदेशसभा सदस्य थापाको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ पोखरा । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा मतदान नगर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले पुनःवाहाली गरेपछि पोखरामा हिमालय टेलिभिजनसँग कुरा गर्दै सांसद थापाले विपक्षी गठबन्धनलाई कुनै हालतमा सहयोग नगर्ने अडान दोहोर्‍याउनु भएको हो । उहाँले कांग्रेस नेतृत्वको सरकारले प्रदेशमा समृद्धि नआउने बताउनुभयो ।

सांसद थापाले मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई विश्वासको मत दिने नदिनेबारे भने निर्णय लिइनसकेको बताउनुभयो ।

आफु पार्टीको निर्णय नमान्ने बरु पार्टीले निर्णय सच्चाउनुपर्ने थापाको तर्क छ । पार्टी विचारबाट विचलितन भएको भन्दै उहाँले निर्णय सच्चाएर जानुपर्ने बताउनुभयो ।

थापाको पुनर्वहालीपछि प्रदेश सभामा विपक्षी गठबन्धनको बहुमत गुमेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, माओवादीका सभामुखबाहेक ११ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि नयाँ सरकार बनाउन समर्थन गर्दा ३१ सदस्य पुग्छ । तर थापाले सहयोग नगर्ने भएपछि विपक्षी गठबन्धनमा ३० मात्रै भएका छन् ।

गण्डकी प्रदेशमा एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङेसहित मुख्यमन्त्रीसंग २८ सांसद छन् ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्