खेलकूद

सेरेना विलियम्स फ्रेञ्च ओपन टेनिसबाट बाहिरिन्

हिमालय टिभी
२०७८ जेठ २४ गते ८:१८
सेरेना विलियम्स फ्रेञ्च ओपन टेनिसबाट बाहिरिन्

२४ जेठ २०७८ काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम्स फ्रेञ्च ओपन टेनिसबाट बाहिरिएकी छन् ।

सातौं वरियताकी सेरेना प्रतियोगिताको चौथो चरणबाट बाहिरिएकी हुन् । अन्तिम १६ अन्तर्गत कजाखस्तानकी एलेना रिबाकिनाले सेरेनालाई ६–३ र ७–५ को सेटमा पराजित गरिन् । २१ वर्षकी रिबाकिनाले अन्तिम आठमा रसियाकी अनास्तासियासँग प्रतिस्पर्धा गर्नेछिन् ।

२३ पटककी ग्राण्डस्लाम विजेता ३९ वर्षीय सेरेनाको कीर्तिमान बराबरी गर्ने लक्ष्य यस पटक पनि सकिएको छ ।

मार्गरेट कोर्टको २४ ग्राण्डस्लाम जितको कीर्तिमान बराबरीको अवसर उनको अब जुन २८ तारिखदेखि शुरु हुने विम्बल्डन टेनिसमा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्