खेलकूद

फेडेररले लिए वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेञ्च ओपन टेनिसबाट नाम फिर्ता

हिमालय टिभी
२०७८ जेठ २४ गते ८:१४
फेडेररले लिए वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेञ्च ओपन टेनिसबाट नाम फिर्ता

२४ जेठ २०७८ काठमाडौं । रोजर फेडेररले वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेञ्च ओपन खेलबाट नाम फिर्ता लिएका छन् ।

३९ वर्षीय फेडेरर फ्रेञ्च ओपनको अन्तिम १६ मा प्रवेश गरेपनि स्वास्थ्यका कारण नखेल्ने निर्णय लिएका हुन् । खेल जितेपनि शरीरलाई कष्ट भएको र त्यसले आगामी दिनमा समस्या ल्याउन सक्ने निष्कष्र्मसहित नखेल्ने निर्णय लिएको फेडेररले बताए ।

आफ्नो टोलीसँग छलफलपछि प्रतियोगिताबाट बाहिरिएको विज्ञप्तीमा उल्लेख छ । २० पटक ग्राण्डस्लाम विजेता फेडेररको एक वर्ष अघि दुबै घुँडाको शल्यक्रिया भएको थियो ।

आठौं वरियताका उनले फ्रेञ्च ओपन अघि पछिल्लो १६ महिनामा ३ खेल मात्र खेलेका थिए । सन् २ हजार १८ को अष्ट्रेलियन ओपनयता उनले कुनै ग्राण्डस्लाम जितेका छैनन् । पुरुषतर्फ फेडेरर र राफायल नाडालले सर्वाधिक २०(२० पटक ग्राण्डस्लाम जितेका छन् ।

१३ पटकका फ्रेञ्च ओपन विजेता नाडाल यसपटक पनि चौथो चरण पुगिसकेका छन् । उनी फ्रेञ्च ओपनको पछिल्ला चार संस्करणका विजेता समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्