आर्थिक
सिंचाइ सुविधा पाएपटि बाँकेको कोहलपुरमा पहिलोपटक हिउँदो धान खेती
२०७८ जेठ २३ गते १८:५०
२३ जेठ २०७८ बाँके । सिक्टा सिंचाइ आयोजनाले पश्चिमी नहरमा पानी संचालन भए पछि बाँकेको कोहलपुर क्षेत्रका किसानले पहिलो पटक हिउँदे धान खेती गरेका छन ।
कोहलपुर नगरपालिका वडा नम्बर १५ को चौधरिया गाउँका किसानको खेतमा यति बेला चैते धान पसाउन थालेको छ ।
सिंचाइ आयोजनाले किसानको माग अनुसार पश्चिमी मुल नहरमा ५ क्यु सेक पानी चलाए पछि डुडुवा, कोहलपुर, नेपालगन्ज, खजुरा र बैजानाथ क्षेत्रको किसानहरुले पहिलो पल्ट हिउदे सिजनमा पनि धान खेती सुरु गरेका हुन ।
सिंचाइ सुविधा भएपछि किसानलाई हिउँदे र बर्षे दुबै सिजनमा धान खेती गर्न सहज भएको छ ।
मुल नहरबाट किसानको खेतसम्म पानी पुर्याउन सिक्टा सिंचाइ आयोजनाले ७ वटा शाखा र ५० वटा उप शाखामा करिब १ सय किलोमिटर नहर निर्माण गरिरहेको छ ।
प्रतिक्रिया