खेलकूद

नेपाली टोलीले खेल्ने त्रिकोणात्मक क्रिकेट सिरिज स्पेनमा हुने पक्का

हिमालय टिभी
२०७८ जेठ २३ गते १४:१०
नेपाली टोलीले खेल्ने त्रिकोणात्मक क्रिकेट सिरिज स्पेनमा हुने पक्का

२३ जेठ २०७८ काठमाडौं । आइसीसी विश्वकप लीग–टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक क्रिकेट श्रृंखला स्पेनमा हुने भएको छ।

आगामी जुलाईमा श्रृंखला स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो । कोरोना भाइरसको महामारीका कारण यसअघि स्कटल्याण्डमा तय श्रृंखला स्थगित भएको थियो ।

स्पेनको सरकारसँग स्वीकृति लिन बाँकी भए पनि श्रृंखला जुलाई तेस्रो साता हुने निश्चित भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनु भएको छ । क्वारन्टिन समय, खेलाडी संख्या र उडानको बारेमा भोलिसम्म थप थाहा हुनेछ ।

त्यस्तै सहभागी हुने २० जना खेलाडीको नाम पठाउने तयारी भइरहेको छ । लीग(टु सिरिज २ हजार २३ को फेब्रुअरी सम्म चल्ने छ । सहभागी सात टोलीले होम अबे गरी एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् ।

शीर्ष तीन टोलीले दुई वर्षपछि भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् । पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ । क्वालिफायरमा शीर्ष दुईमा पर्न सके ग्लोबल छनोट खेल्ने अवसर पाउने छन् ।

लीग–टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले एउटा श्रृंखला मात्र खेलेको छ । सन् २ हजार २० मा नेपालले पहिलो श्रृंखला घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो ।

ओमानसँगको दुबै खेल हारेको नेपालले अमेरिकालाई भने दुबै खेलमा पराजित गरेको थियो । चार खेल खेलेको नेपाल २ जित र २ हारका साथ ४ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्