राफायल नाडाल र रोजर फेडरर फ्रेञ्च ओपन टेनिसको चौथो चरणमा प्रवेश

२३ जेठ २०७८ काठमाडौं । राफायल नाडाल र रोजर फेडरर फ्रेञ्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।
तेस्रो वरियताका नाडालले बेलायतका क्यामरुन नोरीलाई हराएर अन्तिम १६ मा स्थान पक्का पारेका हुन् । स्पेनिस खेलाडी नाडालले नोरीलाई ६–३,६–३ र ६–३ को सोझो सेटमा पराजित गरे । नाडालले अब चौथो चरणमा इटालीका जानिक सिन्नरसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै रोजर फेडररले पनि चौथो चरणमा स्थान बनाएका छन् । आठौं वरियताका फेडररले जर्मनीका डोमिनिक कोएफरलाई ७–६,६–७, ७–६ र ७–५ ले हराए । फेडररले अब नवौं वरियताका इटालीका माट्टेओ बेररेट्टेनीसँग खेल्नेछन् ।
उता महिलातर्फ साविक विजेता पोल्याण्डकी इगा स्विटेकले अन्तिम १६ मा पुगेकी छिन् । उनले एनिट कोन्टाभिटलाई ७–६ र ६–० ले हराइन् । आठौं वरियताकी स्विटेकले अब युक्रेनकी मार्टा कोस्टयुकसँग प्रतिस्पर्धा गर्नेछिन् ।
त्यस्तै सोफिया केनिन, कोको गाउफ, स्लोआनी स्टेफेन्सले पनि चौथो चरणमा स्थान पक्का पारे ।
प्रतिक्रिया