आर्थिक
सरकारले फेरि बढायो इन्धनको भाउ
२०७८ जेठ २३ गते ७:४९
२३ जेठ २०७८ काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।
गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो ।
डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर समान दुई(दुई रुपैयाँले वृद्धि भएको छ । यससँगै पेट्रोल प्रतिलिटर १ सय २५ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ८ रुपैयाँ भएको छ ।
उता आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटरमा ८० रुपैयाँ भएको छ। निषेधाज्ञाकै अवधिमा निगमले दुई पटक इन्धनको मूल्य बढाएको छ ।
यसअघि जेठ २ गते इन्धनको मूल्य वृद्धि भएको थियो । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ सूचीपछि घाटा बढेको र मूल्य समायोजनको विकल्प नभएको निगमको भनाइ छ ।
प्रतिक्रिया