समाज

प्रदेश १ मा कोरोना संक्रमित बढ्दै जाँदा कोभिड–नाइन्टिन उपचार केन्द्र भने बन्द (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते १६:५५
प्रदेश १ मा कोरोना संक्रमित बढ्दै जाँदा कोभिड–नाइन्टिन उपचार केन्द्र भने बन्द (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ विराटनगर । प्रदेश एकमा कोरोना संक्रमित बढ्दै गएका छन् । तर प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि तयार गरेको कोशी कोभिड–नाइन्टिन उपचार केन्द्र भने बन्द छ । संक्रमण धेरै नभएकाले यसलाई तत्काल संचालन गर्न आवस्यक नरहेको प्रदेश सरकारको तर्क छ ।

काठमाडौं उपत्यकासहित पश्चिम नेपालका अधिकांश ठूला शहर कोरोनाको दोश्रो लहरले प्रभावित भइरहँदा पूर्वमा संक्रमण कम थियो । तर अहिले प्रदेश एकमा पनि संक्रमण बढेको छ । प्रदेश १ सरकारले भने संक्रमितको उपचारका लागि कुनै तयारी गरेको छैन ।

पोहोर कोरोनाको पहिलो लहरमा बनाइएको ८० बेड क्षमताको कोशी कोभिड अस्पताल समेत बन्द छ । अक्सिजन पाइपलाइन जडान सहित अरु आवश्यक मर्मत संभारका काम गर्ने भनेर बन्द गरिएको अस्पताल कहिले खुल्ने हो टुंगो छैन ।

लक्षणसहितका गम्भीर प्रकृतिका बिरामीको उपचारका निम्ति प्रदेश सरकारले २०७६ चैत २१ गते ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । पछि क्षमता विस्तार गरेर ८० शैया पुर्‍याइयो । अस्पतालमा ७ वटा आईसियु, ७ वटा भेन्टिलेटर सहितका बेड छन् ।

यो अस्पताल सञ्चालनको जिम्मा प्रदेशको सामाजिक विकास मन्त्रालयलाई छ । तर मन्त्री उषाकला राई भने अहिले अस्पताल संचालन आवस्यक नभएको बताउनुहुन्छ । सबै नागरिकलाई खोप दिने सरकारको नीति भएकाले संक्रमण नफैलिने उहाँको तर्क छ ।

पछिल्लो विवरण अनुसार प्रदेश एकमा संक्रमणदर ३५ प्रतिशतको हाराहारीमा छ । दैनिक ७ सय भन्दा धेरैमा संक्रमण देखिने गरेको छ । अहिले प्रदेशमा झण्डै २० हजार सक्रिय संक्रमित छन् ।

धेरै संक्रमित महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गर्न बाध्य छन् । तर अचम्म त प्रदेश सरकारका मन्त्रीलाई भने अस्पतालको आवश्यकता महसुस भएको छैन । आफ्ना आसेपासेलाई लुकाएर खोप दिँदा विवादमा परेकी मन्त्री राई कोरोना रोकथाम र उपचारमा पनि कमजोर देखिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *