आर्थिक

दाङमा पहिलोपटक व्यवसायिक बेसार खेती शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते १४:१८
दाङमा पहिलोपटक व्यवसायिक बेसार खेती शुरु (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ दाङ । कोरोना संक्रमण र निषेधाज्ञाले धेरैले रोजगारी गुमाएका छन । वैदेशिक रोजगारी पनि ठप्प भएपछि विभिन्न ठाउँका नागरिक कृषि पेशामा लागेका छन् । दाङमा पनि पहिलो पटक व्यवसायिक बेसार खेती शुरु गरिएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ कटेशनालाका केशव भण्डारीले अहिले व्यवसायिक रुपमा बेसार खेती शुरु गर्नु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा ६ विघा जग्गा लिजमा लिएर उहाँले बेसार खेती शुरु गर्नुभएको हो ।

लामो समय भारतका विभिन्न ठाउँमा काम गरेर फर्किएका भण्डारीलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उहाँले बेसार खेती शुरु गर्नुभयो । खेतीका लागि आफुले स्थानीय सरकारबाट सहयोगको आशा राखे पनि अहिलेसम्म केही नपाएको गुनासो उहाँको छ ।

१ क्विन्टल बीउबाट करिव ५ क्विन्टल बेसार उत्पादन हुन्छ । सरकारले काँचो बेसारको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ तोकेको छ । यस्ता बाली उत्पादन गरेर निर्यात गर्न सके एकातिर स्वदेशमै रोजगारी सिर्जना हुनेछ भने अर्कातिर देशकै अर्थतन्त्रमा समेत टेवा पुग्नेछ ।

भिडियो हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *