खेलकूद
सेरेना विलियम्स फ्रेञ्च ओपन टेनिसको चौथो चरणमा प्रवेश
२०७८ जेठ २२ गते ७:५८
२२ जेठ २०७८ काठमाडौं । सातौं वरियताकी अमेरिकी खेलाडी सेरेना विलियम्स फ्रेञ्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् ।
पूर्व विश्व नम्बर एक सेरेनाले आफ्नै देशकी डानिले कोलिन्सलाई हराउँदै सेरेनाले चौथो चरणमा स्थान बनाएकी हुन् । ३९ वर्षीय सेरेनाले कोलिन्समाथि ६–६ र ६–४ को सेटमा जित निकालिन् ।
अर्को चरणमा सेरेनाको २१ औं वरियताकी कजाखस्तानकी एलिना रेबिकासँग प्रतिस्पर्धा हुनेछ । उता पुरुषतर्फ रुसका डानिल मेडभेडेभ चौथो चरणमा पुगेका छन् ।
दोस्रो वरियताका मेडभेडेभले अमेरिकाका रेली ओपेल्कालाई ६–४,६(२ र ६४ ले पराजित गरे । त्यस्तै जर्मनीका एलेक्स्जेण्डर ज्वेरभ पनि चौथो चरणमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया