समाज

चितवनको सैपामका ६७ घरधुरी चेपाङ परिवारलाई राहत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २१ गते १८:२१
चितवनको सैपामका ६७ घरधुरी चेपाङ परिवारलाई राहत (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । चितवनको कालिका नगरपालिका वडा नम्बर ११ सैपामका ६७ घरधुरी चेपाङलाई आज राहत वितरण गरिएको छ ।

निषेधाज्ञाले दैनिक काम गरेर गुजारा चलाउने चेपाङ समुदायलाई मारवाडी सेवा केन्द्रले खाद्यान्न सहयोग गरेको हो ।

अन्य समयमा ज्याला मजदुरी गरेर खाद्यान्न जोहो गर्ने गरे पनि निषेधाज्ञाका कारण कहि जान नपाएकोले अनिकाल लागेको स्थानीय अजिता चेपाङले बताउनुभयो ।

मारवाडी सेवा केन्द्र नारायणगढले प्रति परिवार एक बोरा चामल, तेल, दाल,चना, मस्यौरा लगायतका दैनिक उपभोग्य सामग्री वितरण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *