खेलकूद

डानिल मेडभेडेभ फ्रेञ्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

हिमालय टिभी
२०७८ जेठ २० गते ८:२५
डानिल मेडभेडेभ फ्रेञ्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

२० जेठ २०७८ काठमाडौं । दोस्रो वरियताका डानिल मेडभेडेभ फ्रेञ्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

रुसी खेलाडी मेडभेडेभले अमेरिकी टोमी पउललाई हराउँदै तेस्रो चरणमा पुगेका हुन् । २५ वर्षीय मेडभेडेभले पउललाई ३–६, ६–१, ६–४ र ६–३ को सेटमा हराए ।

पहिलो सेट हारेका उनले त्यसपछिका तीन सेटमा विजयी भए । उनले अब ३२औं वरियताका अमेरिकी खेलाडी रिली ओपेल्काको सामना गर्नेछन् ।

उता महिलातर्फ सातौं वरियताकी सेरेना विलियम्स तेस्रो चरणमा पुगेकी छिन् । रोमानियाकी मिहाएला बुजार्नेस्कुमाथि ६–३, ५–७ र ६–१ को सेटमा संघर्षपूर्ण जित निकाल्दै सेरेनाले अघिल्लो चरणमा स्थान बनाएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्