स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि हदैसम्मको कारबाही गर्न सिफारिस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १९ गते १९:१८
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि हदैसम्मको कारबाही गर्न सिफारिस (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ बाँके । नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न छानबनि समितिले सिफारिस गरेको छ ।

जेठ १३ गते राति भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा गठित ७ सदस्यीय समिति बनाइएको थियो ।

समितिको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आक्रमणमा संलग्नलाई हदैसम्मको कारबाहीका लागि सिफारिस गरेको बताउनुभयो ।

समितिले औल्याएका कमी कमजोरी र आगामी दिनमा गर्नुपर्ने काम बारे सुरक्षा अधिकारी र अस्पताल प्रशासनबीच छलफल गरी कार्यान्बयन अघि बढाएको गेलालले बताउनुभयो ।

समितिले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणमा संलग्नलाई हुने सजाय कम भएकाले ऐन नै संशोधन गरेर कडा सजायको ब्यबस्था गर्न सिफारिस गरेको छ ।

यस्तै सेवाग्राहीका लागि अस्पतालको सहायता कक्षलाई प्रभाबकारी बनाइ बिरामीको स्वास्थ्य अबस्था बारे आधिकारिक सुचना दिने ब्यबस्था मिलाउन पनि समितिले सुझाव दिएको छ ।

अस्पतालका सुरक्षा गार्ड र प्रहरीबीच समन्वयको अभाव देखिएको भन्दै प्रतिवेदनमा स्वास्थ्यकर्मीले सेवाग्राहीसँग शिष्टता पुर्वक ब्यबहार गर्नु पर्नेमा पनि जोड दिइएको छ । जेठ १३ गते भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी आक्रमण भएको थियो ।

आक्रमणमा संलग्न दाङको तुल्सीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *