अन्तर्वार्ता

०७५ साल जेठ २ मा फर्किन ओलीले राखेको शर्त नेपाल समूहद्वारा अस्वीकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १९ गते १६:४४
०७५ साल जेठ २ मा फर्किन ओलीले राखेको शर्त नेपाल समूहद्वारा अस्वीकार (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ साल जेठ २ मा फर्किन राखेको शर्तसहितको प्रस्ताव नेपाल–खनाल समूहले अस्वीकार गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए ०७५ साल जेठ २ मा फर्कने ओलीको प्रस्ताव नेपाल–खनाल समूहले अस्वीकार गरेको हो ।

हिमालय टेलिभिजनसित कुरा गर्दै एमाले नेता युवराज ज्ञवालीले ओलीको प्रस्तावमा जालझेल र षडयन्त्र रहेको बताउनुभयो ।

आफूहरु अहिले संविधान र लोकतन्त्र बचाउने अभियानमा गठबन्धन बनाएर लागेको पनि उहाँले दावी गर्नुभयो ।

एकता जोगाउन एमालेका दुवै समूहका दोस्रो तहका नेता लागीरहेका छन । र, अनौपचारिक छलफल चलिरहेका बेला अध्यक्ष ओलीले नयाँ शर्त अघि सार्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्