खेलकूद

राफायल नाडाल फ्रेञ्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

हिमालय टिभी
२०७८ जेठ १९ गते ७:५०
राफायल नाडाल फ्रेञ्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

१९ जेठ २०७८ काठमाडौं । राफायल नाडाल फ्रेञ्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

अष्ट्रेलियाका एलेक्सी पोपरिनलाई हराउँदै स्पेनिस खेलाडी नाडालले दोस्रो चरणमा स्थानमा पक्का पारेका हुन् ।

तेस्रो वरियताका नाडालले वरियताविहिन अष्ट्रेलियाका एलेक्सी पोपीरिनलाई ६–३, ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे । दोस्रो चरणमा नाडालले फ्रान्सका रिचार्ड गास्क्वेटसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै शीर्ष वरियताका नोभाक जोकोभिच पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।

उता महिला एकलतर्फ शीर्ष वरियताकी अस्लेइग बार्टीले दोस्रो चरणमा पुगेकी छिन् । अष्ट्रेलियाकी बार्टीले अमेरिकी खेलाडी बेर्नार्डा पेरालाई ६–४, ३–६ र ६२ ले हराइन् । बार्टीले दोस्रो चरणमा पोल्याण्डकी मैग्डा लिनेटेसँग खेल्नेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्