खेलकूद

एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा टीम संख्या बढाउने आइसीसीको निर्णय

हिमालय टिभी
२०७८ जेठ १९ गते ७:४७
एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा टीम संख्या बढाउने आइसीसीको निर्णय

१९ जेठ २०७८ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा टीम संख्या बढाउने निर्णय गरेको छ ।

यससँगै अब एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अब एक दिवसीय विश्वकपमा १४ देश र ट्वेन्टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पाउने भएका हुन् ।

फ्युचर प्लान अनुसार लागू यो नियम एक दिवसीयमा सन् २ हजार २७ र ट्वेन्टी–ट्वेन्टी सन् २ हजार २४ देखि नै लागू हुनेछ । आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन । जसमा ५४ खेलहरु खेलिनेछन ।

यस्तै २०२४ देखि २०३० सम्म हुने चार संस्करणको टी २० विश्वकपमा २० टिमले सहभागिता जनाउने भएका छन । यी विश्वकपको हरेक संस्करणमा ५५ खेल हुने भएका छन ।

नयाँ नियमसँगै नेपाल जस्ता एसोसिएट देशले दुबै फर्म्याटका विश्वकप खेल्न पाउने सम्भावना बढ्ने छ । अहिले १० देशले एक दिवसीय र १६ देशले ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्न पाउने नियम छ ।

यस्तै महिला ट्वेन्टी–ट्वेन्टी १० टोली र एक दिवसिय विश्वकपमा आठ टोली हुनेछन् । यस्तै अण्डर नाइन्टिन क्रिकेटमा दुबै विधा दुईदुई वर्षमा हुनेछ ।

पहिलो वर्ष पुरुष र अर्को वर्ष महिला खेलको आयोजना हुनेछ । यस्तै सन् २ हजार १७ देखि रोकिएको च्याम्पियन्स ट्रफी पनि पुनः शुरु गर्ने आईसीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्