समाज

कर्णालीमा प्रि–बजेटमाथिको छलफलबिनै बजेट ल्याउने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १८ गते १५:०४
कर्णालीमा प्रि–बजेटमाथिको छलफलबिनै बजेट ल्याउने तयारी (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रि–बजेट छलफल विनै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

सरकारले सदनमा नयाँ बजेट पेश गर्नुभन्दा १५ दिनअघि नै प्रि–बजेट छलफल गराउनुपर्ने र सोही आधारमा बजेट तथा नीति कार्यक्रम ल्याउने प्रावधान छ ।

आन्तरिक मामिलामन्त्री एवं सरकारका प्रवक्ता सिताकुमारी नेपालीले कोरोना संक्रमणका कारण समस्या भएको बताउनुभयो । उहाँले संसदबाटै बजेट ल्याउने स्पष्ट गर्नुभयो ।

सरकारले बजेट अधिवेशन आह्वान गर्न नसक्दा बजेट ल्याउने प्रक्रियामै आशंका बढेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सुशील थापाले बताउनुभयो ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनै पर्ने कानूनी बाध्यता छ ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *