समाज
कर्णालीमा कोरोना संक्रमणदरमा कमी आए पनि जोखिम कायमै (भिडियो रिपोर्टसहित)
२०७८ जेठ १८ गते १४:५५
१८ जेठ २०७८ सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणको दरमा कमी आए पनि जोखिम भने कायमै रहेको चिकित्सकले बताएका छन् ।
निषेधाज्ञा र स्वास्थ्य मापदण्ड अपनाएकै कारणले संक्रमण घटेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले जानकारी दिनुभयो ।
डा. खड्काले कर्णालीका अधिकांश जिल्लामा कुल देवताको पूजा गर्ने समय भएकाले संक्रमण गाउँमा फैलिन सक्ने संभावना धेरै रहेको बताउनुभयो ।
पछिल्लो समय परीक्षण गरिएको नतिजामा संक्रमण ४० प्रतिशतमा झरेको छ । कोरोनाको दास्रो लहर शुरु हुँदा कर्णालीमा परीक्षण गरिएकामध्ये ९८ प्रतिशतसम्ममा संक्रमण पोजेटिभ हुने गरेको थियो ।
प्रतिक्रिया