अन्तर्वार्ता

सर्वोच्चको संवैधानिक इजलासमा लफडा केका लागि ? पूर्वन्यायाधीश केसी (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ जेठ १८ गते १३:३२
सर्वोच्चको संवैधानिक इजलासमा लफडा केका लागि ? पूर्वन्यायाधीश केसी (भिडियो कुराकानी)

१८ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संवैधानिक इजलास गठन गर्ने काम प्रधानन्यायाधीशको स्वविवेकको अधिकार भए पनि नयायाधीशमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताउनु भएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै केसीले वरिष्ठताका आधारमा पनि इजलास गठन नगरिएको र विषय विज्ञ पनि छान्न नसकेकाले प्रधानन्यायाधीश नैतिक संकटमा परेको बताउनुभयो ।

संवैधानिक इजलासमाथि उठेका प्रश्नको हल गर्ने जिम्मेवारी प्रधानन्यायाधीशको हातमा रहेको भन्दै पूर्व न्यायाधीश केसीले पूर्ण इजलास गठन गर्न प्रधानन्यायाधीश राणालाई सुझाव दिनुभयो ।
बलराम केसी

यसअघि ०५१ र ०५२ सालमा प्रतिनिधिसभा विघटन हुँदा प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठताका आधारमा ११ न्यायाधीशको संवैधानिक इजलास गठक गरेको नजिर छ ।

यस्तै अहिलेको विघटन र गत पुस ५ गते भएको प्रतिनिधि सभा विघटनमा केही भिन्नता नरहेको भन्दै केसीले यसअघिका फैसलाका नजिक स्वयं सर्वोच्चकै लागि चुनौतीको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्