खेलकूद

नाओमी ओसाकाले फ्रेञ्च ओपन टेनिसबाट नाम फिर्ता लिइन्

हिमालय टिभी
२०७८ जेठ १८ गते ७:५०
नाओमी ओसाकाले फ्रेञ्च ओपन टेनिसबाट नाम फिर्ता लिइन्

१८ जेठ २०७८ काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले फ्रेञ्च ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन् ।

सञ्चारमाध्यमसँग नबोल्ने अडानकाबीच उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएकी छिन् । दोस्रो वरियताकी ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् ।

पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारसँग नबोल्ने बताएपछि उनी विवादमा परेकी थिइन् । आफ्नो प्रतिकूल स्वास्थ्यका कारण खेलपछि हुने पत्रकार सम्मेलनमा अनुपस्थित हुने गरेकी थिइन् ।

सन् २ हजार १८ मा पहिलो ग्राण्डस्लाम जितेदेखि नै आफू मानसिक स्वास्थ्यसँग जुधिरहेकी बताएकी छिन् । पहिलो खेलमा जितेपछि सञ्चारमाध्यमका प्रतिक्रिया नदिएको कारण आयोजकले उनलाई १५ हजार अमेरिकी डलर जरिवाना गरेको थियो ।

सञ्चारमाध्यम र पत्रकारलाई बहिष्कार जारी राखे प्रतियोगिताबाट निष्काशन गर्न सकिने आयोजकले बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्